आज विभिन्न राजमार्गका ११ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

अनलाइनसमय |
१६ भदौ २०८२
आज विभिन्न राजमार्गका ११ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौं, १६ भदौ । वर्षापछिको बाढीपहिरोका कारण आज देशभरका मुख्य राजमार्गका ११ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । ९ वटा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको अध्यावधिक गरेको विवरणअनुसार सखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ, यो सडक गत जेठ ६ गते देखि अझै सञ्चालनमा आउन सकेको छैन ।

त्यस्तै, गत असार २४ गते रसुवामा गएको बाढीले नेपाल र चीन नाका जोड्ने पुल पूर्णरुपमा बन्द छ । रसुवाकै गोसाइकुण्ड–२ को स्याउ पार्किङ र रसुवागढीमा पहिरोले पासाङ ल्हामु राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । सिन्धुपाल्चोकको भोटेकोशी कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पनि बन्द भएको प्रहरीले जनाएको छ ।

रोल्पामो माडि गाउापालिका ६ हार्निङ भन्ने ठाउँमा पहिरो खस्दा घोराही रुकुम सहिदमार्ग दुईतर्फी नै बन्द छ । त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका रिजिगार भन्ने ठाउँमा अविरल वर्षापछिको बाढीले गत असार ९ गतेदेखि जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरीका अनुसार कालिकोटको गगने खोलास्थित कर्णाली राजमार्ग, जाजरकोटको छेडागाडको लेवा भिरस्थित मोर्क– चकिला सडकखण्ड, जाजरकोटकै नालगाङको भिरकुनास्थित जाजरकोट डोल्पा सडक र रुकुम पश्चिमको सानीभेरि– ७ सहरेज्युलास्थित मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।

यसैगरी, नागार्जुनको भिमढुङ्गा ठुलो खोलामा पहिरो जाँदा बन्द भएको धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । गत साउन २३ गते तेह्रथुमको तिनधुरे भन्ने ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग एकतर्फी चल्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवाको गोसाइकुण्डको मेदामुदुङस्थित पासाङ ल्हामु सडक, उत्तरगयाको नौबिसेस्थित गल्छी त्रिशुलीदेखि मैलुङ स्याफ्रु जाने सडक, बाग्लुङको कालाखोलास्थित र नवलपरासी पूर्वको तरङखोलास्थित कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ ।

तनहुँको चुनपहरास्थित पृथ्वि राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड पनि एकतर्फी सुचारू रहेको प्रहरीले जनाएको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस