संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशमशेर राणा

अनलाइनसमय |
१६ भदौ २०८२
संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशमशेर राणा

काठमाडौं, १६ भदौ । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशमशेर राणाले पाएका छन् ।

समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।

सुवेदीले एक विज्ञप्ति जारी गर्दै केही समय आफू देश बाहिर रहने हुनाले कार्यवाहक संयोजक राणालाई तोकेको जानकारी गराएका हुन् ।

गत चैतमा राजावादीहरुले सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस