प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता, कम्बोडियाका प्रधानमन्त्रीसँग पनि भेट

अनलाइनसमय |
१६ भदौ २०८२
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता, कम्बोडियाका प्रधानमन्त्रीसँग पनि भेट

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।
शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका लागि ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसाग पनि भेटेका छन् ।

भेटका दुई देशबिचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटको अवसरमा दुई देशबिचको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग पनि भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस