अफगानिस्तान भूकम्प: ८ सय जनाको मृत्यु, दुई हजारबढि घाइते

अनलाइनसमय |
१६ भदौ २०८२
अफगानिस्तान भूकम्प: ८ सय जनाको मृत्यु, दुई हजारबढि घाइते

काठमाडौं, १६ भदौ । आइतबार राति अफगानिस्तानको पूर्वी हिमाली क्षेत्रमा ६ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ८ सय जनाको मृत्यु भएको छ । सीएनएनका अनुसार सो भूकम्पमा परि दुई हजारभन्दा बढी घाइते भएका छन् ।

सरकारी स्रोतहरूका अनुसार पाकिस्तान सिमानासँग जोडिएको कुनार प्रान्तमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । उद्धारकर्मी र सुरक्षा निकायहरू प्रभावित जिल्लाहरूमा परिचालन गरिएका छन् तर मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

तराई र पहाडी दुर्गम गाउँहरूमा पुग्न कठिनाइ भएको जनाइएको छ । भूस्खलन र ध्वस्त भएका सडकहरूले उद्धार कार्य प्रभावित पारेको तालिबानको राज्य सञ्चालित बख्तर समाचार एजेन्सीले जनाएको छ ।

भूकम्प प्रभावित घाइतेलाई हेलिकप्टरमार्फत जलालाबादस्थित सैन्य आधारमा ल्याएर अस्पतालमा उपचार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस