प्रणालीगत भुक्तानी प्रणाली पहिचान गर्ने नयाँ फ्रेमवर्क सार्वजनिक

अनलाइनसमय |
१७ भदौ २०८२
प्रणालीगत भुक्तानी प्रणाली पहिचान गर्ने नयाँ फ्रेमवर्क सार्वजनिक

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीका सञ्चालकमध्ये प्रणालीगत दृष्टिले महत्त्वपूर्ण हुने संस्थाहरू पहिचान गर्न नयाँ सिस्टेम्याटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) फ्रेमवर्क सार्वजनिक गरेको छ ।

बैंकले पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढिरहेको डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहित उक्त फ्रेमवर्क ल्याएको हो ।

फ्रेमवर्क अनुसार संस्थाहरूलाई प्रणालीगत महत्त्वपूर्ण सूचीमा समावेश गर्न कारोबार पूरा गर्न लाग्ने समय, कारोबारको आकार, वित्तीय बजारका लागि अनिवार्य पूर्वाधारको भूमिका तथा अन्य भुक्तानी प्रणालीहरूसँगको उच्च अन्तरसम्बन्धलाई आधार मानिनेछ ।

यससँगै कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने, खुद्रा बजारको कम्तीमा एक तिहाइभन्दा बढी हिस्सा लिने वा कारोबार संख्यामा दुई तिहाइभन्दा बढी योगदान दिने प्रणालीलाई पनि महत्त्वपूर्ण सूचीमा राखिने व्यवस्था छ । त्यस्तै प्रत्यक्ष रूपमा अन्य भुक्तानी प्रणालीसँग जोडिएको प्रणाली पनि यस श्रेणीमा पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस