तोलाकै २ लाख ७ हजार नाघ्यो सुनको मूल्य

अनलाइनसमय |
१८ भदौ २०८२
तोलाकै २ लाख ७ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं, १८ भदौ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबारदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुगेको थियो ।

त्यस्तै सोमबार २ लाख ५ हजार ३ सय पुगेको सुन मंगलबार २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो रेकर्ड पनि आजै तोडिएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड बनाएको चाँदीले आज यो रकर्ड तोडेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस