कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
१९ भदौ २०८२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, १९ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

आज राती कोशी, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू‍भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस