शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन खुला

अनलाइनसमय |
१९ भदौ २०८२
शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन खुला

काठमाडौं, १९ भदौ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर जारी गरेर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको बराबर अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर ल्याएको हो ।

यस अन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुनेछ ।

हकप्रद शेयरका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा नाम रहेकाले मात्र आवेदन दिन पाउनेछन् । आवेदन दिने अवधि असोज ८ गतेसम्म रहनेछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले यस हकप्रदलाई आईआरएन सिंगल बी माइनस रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

यस हकप्रदको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आवेदन सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखामा समेत गर्न सक्नेछन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस