निरन्तर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर

अनलाइनसमय |
१९ भदौ २०८२
निरन्तर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर

काठमाडौं, १९ भदौ । गत शुक्रबारदेखि नयाँ रेकर्ड बनाईरहेको सुनको मूल्य बिहिबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा करोबार भएको थियो ।

यसअघि शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्उ त्यसयता बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुगेको थियो । त्यस्तै सोमबार २ लाख ५ हजार ३ सय पुगेको सुन मंगलबार २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस