६.५५ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
१९ भदौ २०८२
६.५५ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, १९ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ५५ अङ्कले घटेर दुई हजार ७१९ दशमलव ७७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ८५ धितोपत्रको शेयर मूल्य बढ्दा १६५ को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ । यसदिन व्यापार शून्य दशमलव ५८ र म्युचुअल शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव ३८, फाइनान्स शून्य दशमलव ३७, बैंकिङ शून्य दशमलव ३१, लगानी शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, माइक्रोफाइनान्स शून्य दशमलव १५, अन्य शून्य दशमलव ५, हाइड्रोपावर शून्य दशमलव ०२ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

आज हिम स्टार उर्जा ९ दशमलव ९८, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट ६ दशमलव ०७, माथिल्लो मेलुङ खोला जल विद्युत् ६ दशमलव ०५, उन्नती लघुवित्त ५ दशमलव ०९ र सिटिजन्स म्युचुअल फण्डको शेयर मूल्य ३ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन बारही हाइड्रोपावर ३ दशमलव ८३, पिपुल्स पावर ३ दशमलव ४५, दिव्यश्वरी हाइड्रोपावर ३ दशमलव ४५, ग्रिन डेभलपमेन्ट विकास बैंक ३ दशमलव ३ र ग्लोबल आइमी सम्मुनत योजनाको शेयर मूल्य ३ दशमलव ०८ प्रतिशले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस