तोलाकै २ लाख १० हजार नाघ्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार

अनलाइनसमय |
२० भदौ २०८२
तोलाकै २ लाख १० हजार नाघ्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं, २० भदौ । सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको सुनको मूल्यले त्यसयता निरन्तर रेकर्ड तोड्दै आएको छ । एक हप्तामै सुन तोलामा ९ हजार ८ सय बढिसकेको छ ।

हिजो बिहीबार भने सुन स्थिर रहँदै २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस