यी ८ रोगको उपचार सुविधा अब स्वास्थ्य बीमामार्फत

अनलाइनसमय |
२० भदौ २०८२
यी ८ रोगको उपचार सुविधा अब स्वास्थ्य बीमामार्फत

काठमाडौं, २० भदौ । सरकारले तोकेको ८ प्रकारका कडा रोगको उपचार सेवा लिन स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई दिइँदै आएको सुविधा स्वास्थ्य बीमासँग जोड्ने व्यवस्था लागू गरेका हुन् । यसका लागि असोज मसान्तसम्मको समयसीमा तोकिएको छ ।

हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । यसअघि विपन्न नागरिकलाई सरकारले छुट्टै कार्यक्रममार्फत उपचार खर्च उपलब्ध गराउँदै आएकोमा अब भुक्तानी प्रक्रिया स्वास्थ्य बीमा बोर्डमार्फत हुने भएको छ । सो व्यवस्था ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)’ अनुसार कार्यान्वयनमा आएको हो ।

मन्त्रालयले बीमा बोर्ड तथा नर्सिङ र सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाउँदै हाल उपचार सेवा लिइरहेका नागरिकलाई तोकिएको समयभित्र स्वास्थ्य बीमामा समावेश गराउन निर्देशनसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस