ढाड दुखाइ सजिलै ठिक हुन्छ ?

अनलाइनसमय |
२१ भदौ २०८२
ढाड दुखाइ सजिलै ठिक हुन्छ ?

काठमाडौं, २१ भदौ । चोटपटक, तनाव, अत्याधिक काम र थकानका कारण सुजन (नाम परिवर्तन) लाई कम्मर दुखाइले अपाङ्गजस्तै बनायो । त्यस्तै, रियासा (नाम परिवर्तन) भन्छिन, ‘मेरो ढाड बिग्रिएको छ, ठिक हुने उपचार छैन’ भन्ने सोचका कारण आत्मविश्वास गुमेको र जीवन नै रोकिएको जस्तो लाग्यो ।

यी कुरा रेस्टोर (RESTOR) नामको अध्ययनमा सहभागी बिरामीहरूले भनेका हुन् । उनीहरूले संज्ञानात्मक कार्यात्मक थेरापीले (CFT) दुखाइ नियन्त्रण गर्न र आफ्ना डरहरूसँग सामना गर्न कसरि मद्दत ग¥यो भन्ने सेयर गरेका छन् ।

द ल्यान्सेट रुमाटोलोजी मा प्रकाशित भएका नयाँ अध्ययनअनुसार ढाड दुखाइ भएका मानिसहरूमा यो थेरापीको दीर्घकालीन प्रभाव देखाएको छ । यसअघि द ल्यान्सेट मा प्रकाशित अर्को अध्ययनले संज्ञानात्मक कार्यात्मक थेरापीले सामान्य उपचारभन्दा बढी प्रभावकारी भएर एक वर्षसम्म ढाड दुखाइ भएका बिरामीको शारीरिक गतिविधि सुधार गरेको देखाएको थियो । तर, हालको अध्ययनले यो प्रभाव तीन वर्षसम्म कायम रहने देखाएको छ ।

संज्ञानात्मक कार्यात्मक थेरापी भनेको के हो ?
संज्ञानात्मक कार्यात्मक थेरापी भनेको यस्तो थेरापी हो, जसले व्यक्तिलाई आफ्नो पीडा बुझ्न, गलत विश्वास र व्यवहार तथा कार्यक्षमता सुधार्ने उपाय सिकाउनमा केन्द्रित हुन्छ ।

सिड्नीको म्याक्वारी विश्वविद्यालयका प्रोफेसर मार्क ह्यानक भन्छन्, ‘संज्ञानात्मक कार्यात्मक थेरापी मानसिक स्वास्थ्यसँग सम्बन्धित थेरापी हो । यसले मानिसलाई आफैंले पीडा व्यवस्थापन गर्ने तरिका सिकाउँछ, आत्मविश्वास बढाउँछ र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ ।’

आफैंले आफ्नो ढाडको दुखाइ कसरी नियन्त्रण गर्ने ?
डा. आनन्द गंगवाल, एसोसिएट प्रोफेसर तथा संचेती कलेज अफ फिजियोथेरापी पुणे भन्छन्, ‘ढाड र घाँटीको दुखाइ बिस्तारै सुरु हुने बेला आत्म–व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ ।’
‘यो प्रकारको दुखाइ हाम्रो जीवनशैली, गलत बसाइ र व्यायामको अभावका कारण साना चोट (माइक्रोट्रामा) बाट उत्पन्न हुन्छ । उमेर बढ्दै जाँदा चिकित्सा पद्धतिले हामी बिग्रिएका चोटलाई पुरानै अवस्थामा फर्काउन सक्दैन । तर हामी जीवनशैली सुधारेर यी साना चोट नियन्त्रण गर्न सक्छौं र शरीरको बिग्रने दर घटाउन सक्छौं,’ उनले भने ।

ढाड दुखाइ कम गर्ने सजिलो उपाय
डा. गंगवाल सबैभन्दा पहिले बिरामीले कस्ता क्रियाकलापले कारणले दुखाइ बढ्छ त्यो बुझ्नु पर्ने बताउाछन् । ‘फिजियोथेरापिस्टले शरीरका सहायक संरचनाहरू बलियो बनाउन मद्दत गर्नुपर्छ, ताकि बिरामी आफ्नो दैनिक काम दुखाई बिना गर्न सकून् । मानसिक तनाव, व्यस्त जीवनशैली, कमजोर पोषण र कमजोर शरीरले दुखाइलाई अझ बढाउन सक्छ । यी सबै पक्षमा ध्यान दिन आवश्यक छ ।’

दुखाइ र डरबीचको सम्बन्ध
पुणेको जहांगीर अस्पतालका परामर्शदाता स्पाइन सर्जन डा. मयुर कार्दिलेले तल्लो ढाड दुखाइ भएका बिरामीहरू देखेका छन् । उनी भन्छन्, ‘ढाड दुखाइ भएका बिरामीहरू प्रायः कुनै पनि गतिविधि गर्ने डरमा हुन्छन् जुन दुखाइ बढाउँछ । यस्तो डरले उनीहरूलाइ निष्क्रिय बनाउँछ र समयसँगै दुखाइ अझ बढ्न सक्छ ।’

उनले अगाडि भने, ‘बिरामी डर र दुखाइको चक्रमा पर्छन् जसबाट बाहिर निस्कन गाह्रो हुन्छ । संज्ञानात्मक कार्यात्मक थेरापीमार्फत बिरामीलाई क्रमिक रूपमा सजिलो र सुरक्षित अभ्यास गराइन्छ, जसले उनीहरूलाई फेरि चल्न र जस्ता कामहरू जुन पहिले गर्दै आएका कामहरूसँग सामना गर्न मद्दत गर्छ ।’

RESTOR परिक्षणमा बिरामीको नतिजा
अष्ट्रेलियामा लामो समयदेखि ढाड दुखाइ भएका बिरामीहरू रेस्टोर परिक्षणमा सहभागी भएका थिए । यहाँ उनीहरूलाई सामान्य उपचार, संज्ञानात्मक कार्यात्मक थेरापी र यससँग बायोफिडब्याक गरी तीन समूहमा विभाजन गरिएको थियो ।
बायोफिडब्याक प्रविधिले सेन्सरको मद्दतले शरीरका काम जस्तै हृदयको गति नापेर बिरामीले आफूले नियन्त्रण गर्ने तरिका सिकाउँछ । यस परिक्षणको नतिजा अनुसार, CFT र CFT + बायोफिडब्याक पाएका बिरामीहरूले सामान्य उपचारको तुलनामा आफ्नो शारीरिक गतिविधिमा बढी सुधार देखाएको अध्ययनले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस