काठमाडौं, २२ भदौ । धादिङको गजुरी गाउँपालिका–२ बाट अवैध लागूऔषध गाँजा ९० किलो ६ सय ४० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन् ।
शनिबार राती इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे.१ च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रमाम उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।