काठमाडौं, २२ भदौ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५२ अङ्कले घटेर दुई हजार ७०८ दशमलव २५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ७९ धितोपत्रको शेयर मूल्य बढ्दा १७३ को घटेको छ । यसदिन कुल ३३४ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने तीन उपसूचक मात्र बढेको छ । यसदिन म्युचुअल फण्ड शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०४ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।
यस्तै हाइड्रोपावर शून्य दशमलव ६८, बैंकिङ शून्य दशमलव ६५, लगानी शून्य दशमलव ५२, होटेल तथा पर्यटन शून्य दशमलव ४८, अन्य शून्य दशमलव ३२, व्यापार शून्य दशमलव २४, माइक्रोफाइनान्स शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज हिम स्टार उर्जा ९ दबलव ९७, एनआइबीएल समृद्धि फण्ड ५ दशमलव ८३, यूनिभर्सल पावर ५ दशमलव १२, मेगा म्युचुअल फण्ड ४ दशमलव ६९ र एनआइबीएल ग्रोथ फण्डको शेयर मूल्य ४ दशमलव १५ प्रतिशतले बढेको छ ।
यसदिन पञ्चकन्या माइ हाइड्रोपावर ४ दशमलव ६२, विकास हाइड्रोपावर ३ दशमलव ९२ र ओरियन्टल होटलको शेयर मूल्य ३ दशमलव ७ प्रतिशतले ह्रास आएको छ ।