यी स्थानमा धेरै वर्षाको सम्भावना

अनलाइनसमय |
२३ भदौ २०८२
यी स्थानमा धेरै वर्षाको सम्भावना

काठमाडौं, २३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित छ । आज देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राती कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराइ भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस