रिभर फल्स पावरको हकप्रद शेयर आजदेखि बिक्री खुला

अनलाइनसमय |
२३ भदौ २०८२
रिभर फल्स पावरको हकप्रद शेयर आजदेखि बिक्री खुला

काठमाडौं, २३ भदौ । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर अर्थात १ः१ अनुपातमा हकप्रद शेयर ल्याएको हो ।

यस अन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कुल मूल्य ७० करोड रुपैयाँ रहनेछ ।

यसअघि कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार साउन २५ गतेसम्म कम्पनीको शेयर नेप्सेमा खरिद गरेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । आवेदन असोज १२ गतेसम्म खुला रहनेछ ।

यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले प्रभु क्यापिटलसहित प्रभु बैंकका बेशिसहर, पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन् ।

त्यस्तै सि–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस