संसद भवन अगाडि पुगे जेनजी, अश्रुग्यास र पानीको फोहरा प्रहार

अनलाइनसमय |
२३ भदौ २०८२
संसद भवन अगाडि पुगे जेनजी, अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी युवाहरूले काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । तिनकुनेतर्फबाट अघि बढेको जेनजी प्रदर्शनकारीको जुलुस संसद भवनको गेट अगाडि नै पुगेको छ ।

माइतीघरबाट निस्किएको टोली पनि नयाँबानेश्वर पुगेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।
संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले लाठी प्रहार समेत गरेको छ । तर, भिड रोकिएको छैन । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक ठप्प छ । उनीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् ।
उनीरूलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस