काठमाडौं, २३ भदौ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका आठ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाँच जनाको राष्ट्रिय ट्रमा सेन्टरमा, दुई जनाको सिभिल अस्पतालमा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको मुचुल्का उठाउन प्रहरीले वृत जनसेवाबाट टोली खटाएको छ ।