काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
सोमबार राजधानीमा जेनजी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।
घटनापछि नैतिक जिम्मेवारी स्वीकार गर्दै लेखकले पार्टी बैठकमै पदमा नबस्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए ।