काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले भाद्र २३ गते सरकारले चालेको ‘अलोकतान्त्रिक’ कदम र त्यसपछि भएको दमनको विरोधमा पदत्याग गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा मन्त्री अधिकारीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई अपराधबोध भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने उल्लेख गरेका छन् ।