काठमाडौं, २४ भदौ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख परिवर्तन गरिएको छ। जेन– जी आन्दोलन चर्किएपछि हिजो बानेश्वर क्षेत्रमा भएको घटनापछि प्रमुख फेरिएको हो ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानाको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए। हिजो जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र सुनसरीमा दुई युवाको मृत्यु भएपछि सरकारको व्यापक आलोचना भइरहेको छ।