भारतले भन्याे : नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैं

अनलाइनसमय |
२४ भदौ २०८२
भारतले भन्याे : नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैं

भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै  जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

भारतले नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न समेत  आग्रह छ ।

भारतले काठमाडौंसहित अन्य शहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमार्फत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस