काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मंगलबार (भदौ २४) राजीनामाको घोषणा गरेका छन् । सांसदहरू सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, असिम शाहले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनीहरूले ‘जेनजी’ पुस्ताको प्रदर्शनमा समर्थन जनाउँदै राजीनामा घोषणा गरेका हुन् ।