काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको कमलपोखरीस्थित निवासमा सोमबार प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेका छन् ।
जेनजी समूहको विरोध प्रदर्शनको क्रममा सोमबार १९ जनाको ज्यान गएको घटनापछि आन्दोलन झनै चर्किँदै गएको हो ।
आन्दोलन उग्र बन्दै जाँदा नेताहरूको निवास र कार्यालयहरूलाई पनि लक्ष्य बनाइएको छ। प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा आगजनी र तोडफोड गर्दै सरकार र नेताहरूविरुद्ध आक्रोश पोखिरहेका छन् ।
थापाको घर अगाडिसमेत प्रदर्शनकारीको भीड पुगेको र सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत रहेको प्रहरीले जनाएको छ ।