राप्रपाका सांसदद्वारा सामूहिक राजीनामा

अनलाइनसमय |
२४ भदौ २०८२
राप्रपाका सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं, २४ भदौ । हालैको राजनीतिक घटनाक्रमलाई कारण देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा गरी पार्टीका ४२ जना सांसदहरूले पद त्याग गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको पछिल्लो अवस्थाले वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ, यस कारण पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस