प्रदर्शनकारीले निकाले रवि लामिछाने जेलबाट

अनलाइनसमय |
२४ भदौ २०८२
प्रदर्शनकारीले निकाले रवि लामिछाने जेलबाट

काठमाडौं । आन्दोलनरत जेनजी समूहका युवाहरूको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएका छन् । उनी मंगलबार दिउँसो प्रदर्शनकारीको उपस्थितिमा कारागारबाट मुक्त भएका हुन् ।

सो घटनाको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । रास्वपाका नेता दिपक बोहोराले पनि सामाजिक सञ्जालमा ‘रवि दाइ निस्किनुभयो, टाइगर इज ब्याक अगेन’ भन्दै लामिछानेको मुक्तिको पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस