काठमाडौं, २५ भदौ । काठमाडौंको महाराजगञ्जमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ ।
मंगलबार जेनजीको प्रदर्शनका क्रममा भएको झडपमा उनीहरू मारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरेका हुन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीमध्ये एक असई र अर्को एक प्रहरी रहेको जानकारी दिइएको छ । हालसम्म बाँकी प्रहरीको मृत्यु संख्या वा अन्य विवरण पक्का भएको छैन ।