काठमाडौं, २५ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट तीन हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । कारागारका अधिकारीका अनुसार यहाँ हाल ३ हजार ८ सय जना कैदीबन्दी थिए, तर अहिले करिब ६ सय ७० जनामात्रै कारागारमा बाँकी छन् ।
स्रोतका अनुसार फरारमध्ये भद्र बन्दीगृहमा राखिएका टोपबहादुर रायमाझी पनि छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।