काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज (बुधबार) राति ८ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा हालको राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, जेनरेशन जेड (न्भलश्) समूहले पनि देशको व्यवस्था र आगामी नेतृत्वबारे भर्चुअल छलफल गरिरहेको छ ।