काठमाडौं, २७ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी कर्फ्यु र निषेधाज्ञालाई आंशिक रूपमा खुकुलो बनाउँदै अत्यावश्यक कार्यका लागि निश्चित समय खुला गर्ने व्यवस्था गरेको छ ।
सेनाका अनुसार आज बिहान ६ बजेसम्म लागू रहेको कफ्र्यु ११ बजेसम्म हटाइएको छ । त्यसपछि ११ बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा लागू हुनेछ । साँझ ५ बजेदेखि ७ बजेसम्म भने सीमित रूपमा आवागमन अनुमति हुनेछ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कफ्र्यु जारी रहनेछ । खुला गरिएका समयमा पनि अत्यावश्यक काम बाहेक सानो समूहमा मात्र गतिविधि गर्न सेनाले आग्रह गरेको छ ।
निषेधाज्ञा र कफ्र्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार सेवाप्रदायक तथा औषधि ओसारपसार गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ ।