आज ६१औँ राष्ट्रिय बाल दिवस

अनलाइनसमय |
२९ भदौ २०८२
आज ६१औँ राष्ट्रिय बाल दिवस

काठमाडौं, २९ भदौ । आज देशभर ६१औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यसवर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो ।

नेपालमा बाल दिवस मनाउने परम्परा विसं २०२१ भदौ ४ गतेदेखि सुरु भएको हो । सोही दिन रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिनमा नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ तथा टुहुरा बालबालिकाको संरक्षण थालनी गरेकी थिइन् । त्यही दिनलाई आधार बनाएर बाल दिवस मनाउन थालिएको हो । तर २०६३ सालदेखि भने सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले पारित गरेको बालअधिकारसम्बन्धी महासन्धिलाई आधार मानेर नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सम्झनामा भदौ २९ गते बाल दिवस मनाउन थालिएको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । बाल संरक्षण, बचाउ, विकास र सहभागिताजस्ता विषयलाई केन्द्रमा राखी सर्वाङ्गीण विकास गर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस