काठमाडौं, २९ भदौ । आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो, यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, चाँदीको मूल्यले भने निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ । आज चाँदी हालसम्मकै उच्च प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।