दशैँका लागि सुकिला नोट वितरण सुरु

अनलाइनसमय |
२९ भदौ २०८२
दशैँका लागि सुकिला नोट वितरण सुरु

काठमाडौं, २९ भदौ । दशैँ नजिकिएसँगै नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण प्रारम्भ गरेको छ । असोज १० गतेसम्म यो सेवा उपलब्ध हुने बैंकले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार जेन–जी आन्दोलनका कारण केही चुनौती उत्पन्न भए पनि राष्ट्र बैंक तथा अन्य वित्तीय संस्थामा ठूला भौतिक क्षति नभएकाले अघिल्लो निर्णय अनुसार नै नोट साटासाट गर्न सकिने अवस्था छ ।

सुकिला नोट सटहीका लागि काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुविधा उपलब्ध हुनेछ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

यसपटक पाँच रुपैयाँ दरको नयाँ नोट समेत वितरण गरिने भएको छ । ग्राहकहरूले आफ्नो खाता रहेको वा नजिकको सुविधा जनक बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमै गई सुकिला नोट प्राप्त गर्न सक्नेछन् ।

गत वर्षदेखि दशैँमा नयाँ नभई सुकिला नोट मात्र वितरण गर्ने प्रचलन सुरू भएको हो । यसवर्षको बडादशैँको मुख्य दिन टिकाको साइत असोज १६ गते बिहीवार परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस