रास्वपा त्याग्दै सुमनाले भनिन्– अब मनलाग्दी गर्नु होला

अनलाइनसमय |
२९ भदौ २०८२
रास्वपा त्याग्दै सुमनाले भनिन्– अब मनलाग्दी गर्नु होला

काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनेकी छन्, ‘ कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आइ क्विट, मैले पार्टी छोडेँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस