काठमाडौं, ३० भदौ । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।
संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले आज सूचना जारी गर्र्दै संघीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा)ले आज सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो ।
यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ ।
मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ÷सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ ।
जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
