काठमाडौं, ३० भदौ । जेनजी आन्दोलनमा ज्यान गुमाउने नागरिकहरूको सम्झनामा सरकारले राष्ट्रिय झण्डा आधा झुकाएर शोक दिवस मनाउने भएको छ ।
गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै ओमप्रकाश अर्यालले यो कदम अघि बढाएका हुन् । उनका अनुसार शोक दिवस मनाउने मिति मन्त्रिपरिषद्को बैठकले निर्धारण गर्नेछ ।
सरकारले मृतकका परिवारलाई तत्काल काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तुरुन्तै सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।