काठमाडौं, ३० भदौ । नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि उनले सोमबार पदभार ग्रहण गरेकी हुन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा उनलाई पद तथा गोपनीयताको शपथ गराएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय, रामशाहपथ पुगेर औपचारिक कार्यभार सम्हालिन् ।
यसअघि महान्यायाधिवक्ता रहेका रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई सरकारको कानुनी सल्लाहकारको जिम्मेवारी दिइएको हो ।