यी स्थानम धेरै वर्षाको सम्भावना

अनलाइनसमय |
१ असोज २०८२
यी स्थानम धेरै वर्षाको सम्भावना

काठमाडौं, १ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । साथै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । कोशी,बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानम भारी वर्षाको सम्भावना छ ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भु–भागमा साधारणतया बदली रहि बाँकी भू–भागमा आँशीक बदली रहने महाशाखाले जनाएको छ । मधेश लगायत कोशी ,बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । मधेश लगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानम भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस