उच्च मूल्यबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१ असोज २०८२
उच्च मूल्यबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ असोज । मंगलबार उच्च मूल्यमा कारोबार भइरहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनमा आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस