वाणिज्य बैंकको ‘लोन लस प्रोभिजन’ घट्दा विकस बैंक र वित्त संस्थाको बढ्यो

अनलाइनसमय |
१ असोज २०८२
वाणिज्य बैंकको ‘लोन लस प्रोभिजन’ घट्दा विकस बैंक र वित्त संस्थाको बढ्यो

काठमाडौं, १ असोज । चालू अर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने रकम घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा २ खर्ब ८४ अर्ब २ करोड रुपैयाँ छुट्याएका छन्, जुन अघिल्लो महिनाको तुलनामा शून्य दशमलव ३४ प्रतिशतले कम हो । गत आवको असारसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ८५ अर्ब रुपैयाँ छुट्याएका थिए । यो रुकम चालू आवको साउनमा घटेको हो ।

राष्ट्र बैंकका अनुसार चालू आवको साउनसम्ममा लोन लस प्रोभिजनका लागि छुट्याइएको रकम सबैभन्दा धेरै वाणिज्य बैंकको रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरूले यसका लागि २ खर्ब ५४ अर्ब २३ करोड छुट्याएका छन्, जुन असारको तुलनामा शुन्य दशमलव ५३ प्रतिशतले कम हो । गत आवको अन्तिम महिनासम्ममा यस्तो रकम २ खर्ब २ अर्ब ७९ करोड रहेको थियो । वाणिज्य बैंकले लोन लस प्रभिजनका लागि छुट्याएको रकम घट्दा समग्रमा यस्तो रकम घटेको देखिन्छ ।

तर, विकास बैंक वित्तीय संस्थाहरूले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम भने बढेको छ । गत असारमा विकास बैंकहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न २७ अर्ब ६६ करोड छुटेयाएकोमा यो रकम बढेर चालू आवको साउनमा २७ अर्ब ९७ करोड पुगेको छ ।

त्यस्तै वित्त कम्पनीले सो शीर्षकमा १० अर्ब ८१ करोड रुपैयाँ छुट्याएका छन्, जुन अघिल्लो महिनाको तुलनामा शून्य दशमलव ३० प्रतिशतले बढी हो । गत आवको अन्तिम महिना असारसम्ममा जेठसम्ममा वित्त कम्पनीहरूले यसका लागि १० अर्ब ७८ करोड रकम छुट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस