काठमाडौं, २ असोज । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।
नौ दिनपछि बिहीबार कारोबार खुलेको २ मिनेटमा नै १०७ दशमलव ०४ अंक अर्थात ४ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।
सो अवधिसम्ममा २०० धितोपत्रको कारोबार हुँदा १५ करोड ६६ लाख रुपैयाँ बराबरको ३ लाख ३४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।
यसअघि, नेप्से प्रिओपन सेसनमै ३४ अंकले घटेको थियो । प्रिओपन सेसनमा नेप्से ३४.२७ अंक अर्थात् १.२८ प्रतिशतले घटेर २६३७.९७ बिन्दुमा कायम थियो ।गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर सेयर बजारमा देखिएको हो ।