काठमाडौं, २ असोज । बिहीबार नेप्सेमा दोस्रो पटक नकारात्मक सर्किट लागेर ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ ।
सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।
त्यसपछि ११ बजेर २२ मिनेट मा खुलेको नेप्से परिसूचक ११ बजेर २३ मिनेटमा नै ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको हो । विशेषगरी, गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर सेयर बजारमा देखिएको हो ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ, जसबमोजिम नेप्से २० मिनेटका लागि कारोबार स्थगित हुन्छ ।
त्यस्तै कारोबार खुलेको दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ । त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।