प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

अनलाइनसमय |
२ असोज २०८२
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं, २ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । मोदी आफैंले एक्समार्फत् कार्कीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् ।

वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कुराकानी आत्मीय भएको उनले एक्समा बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा पनि जानकारी गराएको बताएको छ ।

मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेका छन् ।

साथै उनले भोली (असोज ३ गते) को नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस