एनआईसी एशिया बैंकको सीईओ न्यौपानेले दिए राजीनामा

अनलाइनसमय |
२ असोज २०८२
एनआईसी एशिया बैंकको सीईओ न्यौपानेले दिए राजीनामा

काठमाडौं, २ असोज । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिले बिहीबार बसेको बैठकमार्फत उनको राजीनामा स्वीकृत गरेको हो ।

न्यौपानेले पारिवारिक कारण देखाउँदै पद त्याग गरे । उनले पारिवारिक व्यस्तताका कारण बैंकलाई आवश्यक समय दिन नसक्ने स्थिति उत्पन्न भएकाले सीईओ पद छाडेको बताएका छन् ।

उनको राजीनामापछि बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

न्यौपानेले आफ्नो पहिलो कार्यकालमा चार वर्ष पूरा गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्ति पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस