काठमाडौं, ३ असोज । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा अज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।