कसरी हुँदैछ जेनजी आन्दोलनपछिको क्षति मूल्यांकन तथा दाबी भुक्तानी ? (अन्तरवार्ता)

अनलाइनसमय |
४ असोज २०८२
कसरी हुँदैछ जेनजी आन्दोलनपछिको क्षति मूल्यांकन तथा दाबी भुक्तानी ? (अन्तरवार्ता)

काठमाडौं, ४ असोज । नेपालमा गत साता भएको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको छ । मुलुकका तीन प्रमुख अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका निकायदेखि निजीक्षेत्रका ठूला होटल, अटो व्यवसाय र घर भवनमा तोडफोड र आगजनी गरिए ।

एक दिनमा भएको उक्त क्षतिको बीमा दाबी भुक्तानी २०७२ सालको भूकम्पका बेलाको भन्दा पनि धेरै गुणा हुने अनुमान गरिएको छ । अहिले विभिन्न स्तरबाट क्षतिको मूल्यांकनको काम भइरहेको छ । आन्दोलनका क्रममा भौतिक सम्पत्तिमा भएको क्षतिको बीमा दाबी अधिकांश निजीक्षेत्रबाटै हुनेछ । किनकि हालसम्म पनि सरकारका प्रशासनिक निकायदेखि अन्य सार्वजनिक सम्पत्तिको बीमा हुन सकेको छैन । सार्वजनिक सम्पत्तिको बीमा नभएकाले अब तिनको पुनर्निर्माणको सम्पूर्ण दायित्व सरकारकै हुनेछ । जसका लागि अर्बौं रकम खर्चनुपर्ने देखिएको छ । बीमा गरिएका सम्पत्तिको भने बीमा रकम बराबरको भुक्तानी बीमा कम्पनीहरूले गर्नेछन् । क्षतिग्रस्त सम्पत्तिको दाबी भुक्तानी प्रक्रिया कसरी अघि बढ्दै त ? यो प्रक्रियामा बीमा सर्भेयर र कम्पनीको भूमिका के हुन्छ ? अहिले भएको क्षतिलाई कुन कुन बीमाले समेट्छ ? अनि सार्वजनिक सम्पत्तिको बीमा किन आवश्यक छ त ?

बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा बीमा सर्भेयर संघ नेपालका महासचिव विकास महर्जनसंग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस