काठमाडौं, ५ असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । साथै स्थानिय वायुको आँशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।