सानिमा बैंकको लाभांश घोषणा

अनलाइनसमय |
५ असोज २०८२
सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं, ५ असोज । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँ छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस