सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

अनलाइनसमय |
५ असोज २०८२
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौं, ५ असोज । अन्तरिम सरकारअन्तर्गतको अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान प्रयोजनका लागि करिब १० अर्ब निकासा गरेको छ । मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२’ बमोजिम चालू आर्थिक वर्षका लागि ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दोस्रो त्रैमासिकमा विनियोजन गरिएको रकमलाई संशोधन गरी पहिलो त्रैमासिकमै उपयोग हुने गरी उपलब्ध गराइएको छ । यस अनुसार विगत सात त्रैमासिकमा प्रवाह भएका सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकमार्फत शोधभर्ना उपलब्ध गराइने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस